२०८३ श्रावण २६ मंगलवार
[the_ad id="6228"]

प्रधानमन्त्री बालेनले ऊर्जा उद्यमीलाई सिंहदरबार बोलाए

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्रका समस्या, चुनौती र सुधारका उपायबारे छलफल गर्न ऊर्जा उद्यमीहरूलाई सिंहदरबार बोलाएका छन्।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बिहान ११:३० बजे हुने भेटवार्तामा ऊर्जा क्षेत्रको वर्तमान अवस्था, लगानीमा देखिएका अवरोध, नीतिगत चुनौती तथा सुधारका सम्भावित उपायबारे विस्तृत छलफल हुने बताइएको छ।

 

पछिल्ला केही दिनयता प्रधानमन्त्री शाहले विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीसँग निरन्तर संवाद गर्दै आएका छन्। सोही क्रमलाई निरन्तरता दिँदै ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधान, निजी क्षेत्रसँग सहकार्य र लगानीमैत्री वातावरण निर्माणका विषयमा उद्यमीहरूसँग प्रत्यक्ष छलफल गर्न लागिएको हो।

 

सरकारले ऊर्जा क्षेत्रको विकास, लगानी विस्तार तथा नीतिगत सुधारका लागि निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिएको सन्देशका रूपमा पनि यो भेटवार्तालाई हेरिएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर