काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँट मा आज बिहान आगलागी भएको निजी कारबाट एक जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार बा५च ३०३८ नम्बरको कार मा लागेको आगो नियन्त्रणमा लिएपछि गाडीभित्रबाट एक जना पुरुषको शव निकालिएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदी ले आगलागी भएको गाडीबाट एक पुरुषको शव फेला परेको पुष्टि गरेका छन्।
प्रारम्भिक अनुसन्धानबाट उक्त गाडी नबिल बैंक को नाममा दर्ता रहेको खुलेको प्रहरीले जनाएको छ। मृतकको परिचय, आगलागीको कारण र घटना दुर्घटना हो वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
घटनास्थलमा प्रहरीको अनुसन्धान टोली परिचालन गरिएको छ भने घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।








