२७ असार, काठमाडौं । इरानले आफ्ना दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्याको बदला लिने स्पष्ट चेतावनी दिएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिमा खामेनीको ‘रगतको बदला’ उनका हत्याराबाट अवश्य लिइने उल्लेख गरिएको हो।
बीबीसीको फारसी सेवाका अनुसार परिषद्का सचिव मोहम्मद बाकर जोल्कदरद्वारा हस्ताक्षर गरिएको सन्देशमा भनिएको छ, “अयातोल्लाह अली खामेनीको रगतको बदला उनका हत्याराबाट निश्चित रूपमा लिइनेछ।” उक्त सन्देश सामाजिक सञ्जाल प्लेटफर्म एक्स मार्फत सार्वजनिक गरिएको थियो।
खामेनीको २०२६ फेब्रुअरी २८ मा हत्या भएको थियो। सोही दिन अमेरिका र इजरायलले इरानमाथि पहिलो संयुक्त आक्रमण गरेको दाबी गरिएको छ, जसमा इरानका अन्य उच्च अधिकारी र उनीहरूका परिवारका सदस्यहरूको पनि मृत्यु भएको जनाइएको छ।
बीबीसी फारसीका अनुसार खामेनीको अन्त्येष्टि समारोह जुलाई ४ देखि ८ सम्म तेहरान, कोम र मशहदमा आयोजना गरिनेछ। साथै इराकका बगदाद, काजमिन, करबला र नजफमा पनि शोकसभा आयोजना गरिने जनाइएको छ।








