२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका राइडर गणेश नेपालीको घटनापछि काठमाडौं महानगरपालिकाका नगर प्रहरीको सडक उपस्थितिमा उल्लेख्य कमी आएको छ। केही दिनअघिसम्म अव्यवस्थित पार्किङ नियन्त्रणमा सक्रिय रूपमा खटिएका नगर प्रहरी अहिले भने अधिकांश स्थानमा देखिन छाडेका छन्।   गणेश नेपालीको मृत्यु घटनापछि गृह मन्त्रालयले छानबिन समिति गठन गरी महानगर प्रहरीसँग समेत सोधपुछ गरिरहेको […]

क्यानडा पठाइदिने भन्दै २६ जनाबाट २ करोड ५० लाख ठगी, एक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने प्रलोभन देखाएर २६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ बस्दै आएका ४६ वर्षीय लहानु राम चौधरी रहेका छन्।   प्रहरीका अनुसार चौधरीले पीडितहरूलाई आकर्षक रोजगारीको […]

खामेनीको हत्याको बदला लिने इरानको चेतावनी

२७ असार, काठमाडौं । इरानले आफ्ना दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्याको बदला लिने स्पष्ट चेतावनी दिएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिमा खामेनीको ‘रगतको बदला’ उनका हत्याराबाट अवश्य लिइने उल्लेख गरिएको हो।   बीबीसीको फारसी सेवाका अनुसार परिषद्का सचिव मोहम्मद बाकर जोल्कदरद्वारा हस्ताक्षर गरिएको सन्देशमा भनिएको छ, “अयातोल्लाह अली खामेनीको […]

बझाङमा जिप दुर्घटना : ३ जनाको मृत्यु, १२ जना घाइते

२७ असार, काठमाडौं । बझाङको केदारस्यु गाउँपालिका–७ सुगरेस्थित दुर्गाथली गाउँपालिका र केदारस्यु गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।   दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का चक्रबहादुर महत, केदारस्यु गाउँपालिका–७ की बिमला महत धामी र दुर्गाथली–६ की कुटुरीदेवी महतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। […]

२१ विद्यालयका करिब ३,८०० विद्यार्थीलाई अब एउटै भान्साबाट पोषणयुक्त दिवा खाजा

२७ असार, काठमाडौं । धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई गुणस्तरीय र पोषणयुक्त दिवा खाजा उपलब्ध गराउने उद्देश्यले एकीकृत भान्साघर सञ्चालनमा ल्याएको छ। आगामी १ साउनदेखि सञ्चालन हुने उक्त भान्साघरको शनिबार उद्घाटन गरिएको हो।   धनगढी–७, मनेहरामा स्थापना गरिएको भान्साघरबाट वडा नम्बर १ देखि ८ सम्मका २१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ३ हजार ७९५ विद्यार्थीका लागि […]

फिलिपिन्समा ‘बावी’ आँधीको कहर, पहिरोमा १५ जनाको मृत्यु

काठमाडौं, २७ असार । दक्षिणी फिलिपिन्समा दशकयताकै शक्तिशाली आँधीमध्ये एक मानिएको ‘बावी’ का कारण आएको पहिरोमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। लगातारको वर्षापछि आएको विपद्ले मिन्डानाओ द्वीपका धेरै परिवार प्रभावित भएका छन् भने उद्धार टोली बेपत्ता व्यक्तिको खोजीमा जुटिरहेको छ।   शक्तिशाली आँधी प्रशान्त महासागर हुँदै ताइवानतर्फ अघि बढिरहेको छ। झण्डै एक हजार किलोमिटर […]

कीर्तिपुरको सुकुमवासी होल्डिङ सेन्टरमा वाग्मती पस्यो, ५४ जनाको उद्धार

काठमाडौं, २७ असार। लगातारको अविरल वर्षापछि बागमती नदीको जलस्तर बढ्दा कीर्तिपुर नगरपालिका–१०, सुन्दरीघाटस्थित राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर शुक्रबार राति डुबानमा परेको छ।   डुबानको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरी ५४ जनालाई सकुशल उद्धार गरेर त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित स्थानान्तरण गरेका छन्।   राष्ट्रिय विपद् […]