२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

फिलिपिन्समा ‘बावी’ आँधीको कहर, पहिरोमा १५ जनाको मृत्यु

काठमाडौं, २७ असार । दक्षिणी फिलिपिन्समा दशकयताकै शक्तिशाली आँधीमध्ये एक मानिएको ‘बावी’ का कारण आएको पहिरोमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। लगातारको वर्षापछि आएको विपद्ले मिन्डानाओ द्वीपका धेरै परिवार प्रभावित भएका छन् भने उद्धार टोली बेपत्ता व्यक्तिको खोजीमा जुटिरहेको छ।

 

शक्तिशाली आँधी प्रशान्त महासागर हुँदै ताइवानतर्फ अघि बढिरहेको छ। झण्डै एक हजार किलोमिटर क्षेत्रफलमा फैलिएको यो आँधी शनिबार दक्षिण–पूर्वी चीनको तटीय क्षेत्रमा ठोक्किने अनुमान गरिएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर