२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

गगन थापाको घरअगाडि पनि शंकास्पद गाडी पार्किङ, प्रहरीले अनुसन्धान तीव्र बनायो

काठमाडौं, २९ असार। नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको पाइएको छ। निवासको प्रवेशमार्ग अवरुद्ध हुने गरी बीएसी ९५७५ नम्बरको गाडी बिहानदेखि पार्किङ गरिएको भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।

स्थानीयका अनुसार उक्त गाडी बिहान ७ बजेदेखि घरअगाडि राखिएको थियो। गाडीका कारण मोटरसाइकलसमेत आउजाउ गर्न नसक्ने अवस्था बनेको उनीहरूको भनाइ छ। साथै गाडी छाडेर चालक प्रहरीकै गाडीमा चढेर फर्किएको स्थानीयको दाबी रहे पनि प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

यसअघि सोमबार बिहान अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर पब्लिकेसन्सका कार्यालय अगाडि पनि यस्तै शंकास्पद गाडी पार्किङ गरिएको थियो। ती गाडीलाई प्रहरीले क्रेनको सहायताले हटाएको थियो।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर