गृहमन्त्रीले भेट नदिएपछि सिंहदरबार गेटमै निहारिका र बिनुको धर्ना

काठमाडौं, २९ असार। न्यायको माग गर्दै गृहमन्त्री सुधन गुरुङलाई भेट्न पुगेका निहारिका राजपुत र बिनु यादवले भेट नपाएपछि सिंहदरबारको दक्षिण गेटबाहिर सडकमै धर्ना दिएका छन्। उनीहरूले आफूहरूको गुनासो सुन्न र न्याय दिलाउन माग गर्दै गृहमन्त्रीसँग भेट गर्न खोजे पनि भेट नपाएको आरोप लगाएका छन्। त्यसपछि उनीहरू सिंहदरबारको निषेधित क्षेत्रअगाडि धर्नामा बसेका थिए। निहारिका राजपुतले बलात्कारको […]
विष्णु पौडेलको पाँचौँपटक म्याद थप, थप ३ दिन हिरासतमा रहने

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पाँचौँपटक हिरासत म्याद थप गरिएको छ। विशेष अदालतले उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले अनुसन्धानका लागि थप तीन दिनको म्याद दिएको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी […]
शिक्षा अधिकृतमाथि मोविल छर्किने वडा सदस्य पक्राउ

काठमाडौं। दाङको घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य उत्तम बुढाथोकी (४२) शिक्षा अधिकृतमाथि मोविल छर्किएको आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार असार २७ गते पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले मतदान अधिकृतसमेत रहेका घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरा (४८) को मोटरसाइकल रोकी उनको शरीरमा मोविल छर्किएको आरोप […]
गगन थापाको घरअगाडि पनि शंकास्पद गाडी पार्किङ, प्रहरीले अनुसन्धान तीव्र बनायो

काठमाडौं, २९ असार। नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको पाइएको छ। निवासको प्रवेशमार्ग अवरुद्ध हुने गरी बीएसी ९५७५ नम्बरको गाडी बिहानदेखि पार्किङ गरिएको भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। स्थानीयका अनुसार उक्त गाडी बिहान ७ बजेदेखि घरअगाडि राखिएको थियो। गाडीका कारण मोटरसाइकलसमेत आउजाउ गर्न नसक्ने अवस्था […]
चोरी भएका ५१ मोटरसाइकल र स्कुटर धनीलाई फिर्ता

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५१ वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। सोमबार आयोजित कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले अनुसन्धानका क्रममा फेला परेका दुईपांग्रे सवारीसाधन सम्बन्धित धनीलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्। एसएसपी काफ्लेका अनुसार पछिल्लो एक महिनाको अवधिमा […]
सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ, पत्रकार महासंघद्वारा सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं । नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारगृहको कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकारको आवतजावतमा अवरोध र त्रास सिर्जना गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले सोमबार जारी गरेको विज्ञप्तिअनुसार बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमै सवारीसाधन पार्किङ गरिएको पाइएको छ। यसका कारण पत्रकार […]
भारतीय विमानस्थलबाट श्रमिक पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा

काठमाडौं ।वैदेशिक रोजगार विभागले कानुनी व्यवस्था उल्लंघन गर्दै नेपाली श्रमिकलाई भारतीय विमानस्थल प्रयोग गरी विदेश पठाउने १५९ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ। विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ उल्लंघन गरेको ठहर गर्दै ती कम्पनीलाई पहिलो चरणमा सचेत गराएको हो। विभागले २०८२ चैत १ देखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश […]
गणेश नेपालीको मृत्यु प्रकरणमा नयाँ मोड परिवारले प्रहरीमा दियो जाहेरी

काठमाडौं, २९ असार। आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घटनामा उनका परिवारले प्रहरीमा जाहेरी दर्ता गर्ने तयारी गरेको छ। जाहेरी दिनका लागि परिवारका सदस्यहरू प्रहरी वृत्त कालीमाटी पुगेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार प्रत्येक अप्राकृतिक मृत्युको घटनामा जाहेरी दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइन्छ। उनले पोस्टमार्टम, शव […]
मकवानपुरमा कर्रा खोलाको बाढीले ट्रक बगायो, चालक पौडिएर सकुशल बाहिरिए

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले सोमबार बिहान १२ चक्के ट्रक बगाएको छ। ट्रक चालक भने समयमै बाहिर निस्केर पौडिँदै सकुशल ज्यान जोगाउन सफल भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शिवम् सिमेन्ट उद्योगबाट चुनढुंगा अनलोड गरेर फर्किरहेको ना ७ ख ७६५ नम्बरको ट्रक बिहान करिब ७:४५ बजे कर्रा खोला […]
जाजरकोटमा पहिरोको दुःखद घटना महिलाको मृत्यु, दुईजनाको उद्धार

काठमाडौं । जाजरकोटमा अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर एक महिलाको ज्यान गएको छ भने दुई जनाको सकुशल उद्धार गरिएको छ। जिल्लाको भेरी नगरपालिका–२, राङ्सी निवासी करिब ६० वर्षीया जयशीला शाहको अस्थायी टहरामाथिबाट खसेको पहिरोले टहरा पुरिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि तत्काल उद्धारमा खटिएको प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा शाहकी ४० […]