२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

गृहमन्त्रीले भेट नदिएपछि सिंहदरबार गेटमै निहारिका र बिनुको धर्ना

काठमाडौं, २९ असार। न्यायको माग गर्दै गृहमन्त्री सुधन गुरुङलाई भेट्न पुगेका निहारिका राजपुत र बिनु यादवले भेट नपाएपछि सिंहदरबारको दक्षिण गेटबाहिर सडकमै धर्ना दिएका छन्।

उनीहरूले आफूहरूको गुनासो सुन्न र न्याय दिलाउन माग गर्दै गृहमन्त्रीसँग भेट गर्न खोजे पनि भेट नपाएको आरोप लगाएका छन्। त्यसपछि उनीहरू सिंहदरबारको निषेधित क्षेत्रअगाडि धर्नामा बसेका थिए।

निहारिका राजपुतले बलात्कारको आरोपमा शिवराज श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरेकी थिइन्। तर, २०७९ माघ १७ गते जिल्ला अदालत धनुषामा न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १९३(४) बमोजिम दुवै पक्षबीच मिलापत्र भएको थियो।

निषेधित क्षेत्रमा धर्ना बसेपछि प्रहरीले उनीहरूलाई सिंहदरबार गेटअगाडिबाट हटाएर नजिकै राखेको छ। घटनाबारे थप जानकारी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर