२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

जाजरकोटमा पहिरोको दुःखद घटना महिलाको मृत्यु, दुईजनाको उद्धार

काठमाडौं । जाजरकोटमा अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर एक महिलाको ज्यान गएको छ भने दुई जनाको सकुशल उद्धार गरिएको छ।

 

जिल्लाको भेरी नगरपालिका–२, राङ्सी निवासी करिब ६० वर्षीया जयशीला शाहको अस्थायी टहरामाथिबाट खसेको पहिरोले टहरा पुरिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

 

घटनापछि तत्काल उद्धारमा खटिएको प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा शाहकी ४० वर्षीया छोरी मेनुका थापा र ७ वर्षीया नातिनी टिका थापालाई सकुशल उद्धार गरिएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर