२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

चोरी भएका ५१ मोटरसाइकल र स्कुटर धनीलाई फिर्ता

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५१ वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

 

सोमबार आयोजित कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले अनुसन्धानका क्रममा फेला परेका दुईपांग्रे सवारीसाधन सम्बन्धित धनीलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।

 

एसएसपी काफ्लेका अनुसार पछिल्लो एक महिनाको अवधिमा ५१ वटा चोरी भएका दुईपांग्रे सवारीसाधन फेला पारिएको हो। फेला परेका सवारीमध्ये ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटर रहेका छन्।

 

ट्राफिक प्रहरीले चोरी भएका सवारीसाधनको खोजीलाई निरन्तर प्राथमिकतामा राख्दै अनुसन्धानलाई प्रभावकारी बनाएको जनाएको छ। प्रहरीले सवारी चोरी भएमा तत्काल प्रहरीमा उजुरी दिन र आवश्यक विवरण उपलब्ध गराउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर