काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पाँचौँपटक हिरासत म्याद थप गरिएको छ। विशेष अदालतले उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले अनुसन्धानका लागि थप तीन दिनको म्याद दिएको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेलको यसअघि क्रमशः असार ९ गते ७ दिन, असार १५ गते ३ दिन, असार १८ गते ६ दिन र असार २४ गते ५ दिन म्याद थप भइसकेको थियो। यससँगै उनको हिरासत म्याद पाँचौँपटक लम्बिएको छ।
यता, पौडेलकी पत्नीले रिहाइको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन भने खारेज भएको छ।








