२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ, पत्रकार महासंघद्वारा सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं । नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारगृहको कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकारको आवतजावतमा अवरोध र त्रास सिर्जना गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

 

महासंघले सोमबार जारी गरेको विज्ञप्तिअनुसार बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमै सवारीसाधन पार्किङ गरिएको पाइएको छ। यसका कारण पत्रकार तथा कर्मचारीलाई कार्यालय प्रवेश गर्न कठिनाइ भएको महासंघले जनाएको छ।

 

महासंघले घटनालाई प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षासँग जोडिएको गम्भीर विषयका रूपमा लिँदै तत्काल अवरोध हटाई सञ्चारगृह र सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

 

साथै, घटनाको तत्काल निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनबमोजिम आवश्यक कारबाही गर्न पनि महासंघले सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ।

 

महासंघले अवरोध हटाउन र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको समेत जनाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर