२०८३ श्रावण १२ मंगलवार
[the_ad id="6228"]

च्याउ खोज्न गएका तीन महिला सकुशल फेला, १४ जनाको खोजी अझै जारी

धनगढी, ४ साउन। कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–३ का च्याउ खोज्न गएका तीन महिला सकुशल फेला परेका छन्। आइतबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गरेपछि सम्पर्कविहीन भएका उनीहरू सोमबार बिहान टेलिफोनमार्फत सम्पर्कमा आएका थिए।

 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणको नेपाली सेनाको टोलीले उनीहरूलाई निकुञ्जभित्रको लल्लेरी पोस्टबाट करिब चार किलोमिटर टाढा सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको जनाएको छ।

 

उद्धार गरिएकामा लक्ष्मी थापामगर, मञ्जु क्षेत्री र सीता चौधरी रहेका छन्। उनीहरू लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेको सेनाले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरूले रूखमा बसेको अवस्थामा फोन गरी आफूहरूलाई उद्धार गर्न अनुरोध गरेका थिए।

 

यता, भीमदत्त नगरपालिका–१९ का च्याउ खोज्न गएका १४ महिला भने अझै सम्पर्कमा आएका छैनन्। उनीहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र अन्य सुरक्षा निकायको संयुक्त टोलीले खोज तथा उद्धार अभियानलाई तीव्र बनाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर