२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

नेपालमा ९ वर्ष जेल बसेका अमेरिकी नागरिक अमेरिकामा पनि बाल यौन दुराचारमा दोषी

काठमाडौं । नेपालमा बाल यौन दुराचारको अभियोगमा ९ वर्ष कैद सजाय भोगेका एक अमेरिकी नागरिक आफ्नै देश अमेरिकामा पनि सोही प्रकृतिको कसुरमा दोषी ठहर भएका छन्। अमेरिकी न्याय विभागका अनुसार ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्स नेपालमा बालबालिकामाथि गरेको यौन शोषणसम्बन्धी अभियोगमा अमेरिकी संघीय अदालतबाट दोषी ठहर भएका हुन्। नेपालमा सजाय पूरा गरी अमेरिका फर्किएपछि उनलाई […]

निकुञ्जमा हराएका १४ महिला सकुशल घर फर्किए

काठमाडौं, ४ साउन । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ जना महिला सकुशल परिवारको सम्पर्कमा फर्किएका छन्।   भीमदत्त नगरपालिका–१९ बागफाँटाका ती महिलाहरू आइतबारदेखि सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासनले संयुक्त रूपमा व्यापक खोजी अभियान सञ्चालन गरेका थिए।   शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका […]

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

काठमाडौं, ४ साउन : सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई लक्षित गर्दै जग्गा उपलब्ध गराउने र बसोबास व्यवस्थापन प्रक्रिया अघि बढाउन अन्तिमपटक आवेदन आह्वान गरेको छ।   भूमि समस्या समाधान समितिले जारी गरेको सूचनाअनुसार साउन ४ गतेदेखि ३५ दिनभित्र सम्बन्धित स्थानीय तहमा निवेदन दर्ता गर्नुपर्नेछ। समितिले तोकेको ढाँचाअनुसार […]

कक्रोच पार्टीको ‘संसद मार्च’ ले दिल्लीमा तनाव, अश्रुग्यास र लाठीचार्ज

नयाँ दिल्ली, ४ साउन। भारतीय संसद्को मनसुन सत्रको पहिलो दिन सोमबार राजधानी दिल्लीमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। मेडिकल प्रवेश परीक्षा (एनइइटी) मा भएको भनिएको अनियमितताको विरोधमा ‘कक्रोच जनता पार्टी’ले आयोजना गरेको ‘संसद् चलो’ मार्च नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको छ।   प्रहरीको अनुमति नपाए पनि हजारौँ प्रदर्शनकारी जन्तरमन्तरमा भेला भई संसद् […]

प्रधानमन्त्री शाहले भने– पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्या समाधान गर्छौं

काठमाडौं, ४ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। सोमबार सिंहदरबारमा आयोजित पुँजी बजार तथा धितोपत्र क्षेत्रका सरोकारवालासँगको छलफलमा उनले बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउन आवश्यक कदम चालिने बताएका हुन्।   प्रधानमन्त्री शाहले व्यवसायी तथा लगानीकर्ताका जायज मागहरू सम्बोधन गर्न सम्बन्धित […]

बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते, ४ जनाको अवस्था मध्यम

काठमाडौं, ४ साउन । बाजुराको हिमाली गाउँपालिका–५ स्थित क्युडीमा सोमबार जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८७८ नम्बरको जिप कुवाडी–क्युडी कच्ची सडकखण्डमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।   दुर्घटनामा चालक हिमाली गाउँपालिका–२ का २५ वर्षीय जनवीर बुढासहित ९ जना यात्रु घाइते भएका हुन्। घाइतेमध्ये ४ जनाको अवस्था मध्यम रहेको […]

ठमेलबाट कोकिनसहित दुई विदेशी महिला पक्राउ

काठमाडौँ — काठमाडौंको ठमेलबाट ४ किलो २५८ ग्राम तरल कोकेनसहित दुई विदेशी महिला पक्राउ परेका छन्। प्रहरीले लागूऔषध तस्करीमा प्रयोग गरिएको नयाँ शैली सार्वजनिक गर्दै घटनालाई अन्तर्राष्ट्रिय गिरोहसँग जोडेर अनुसन्धान अघि बढाएको जनाएको छ।   लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा कोलम्बियाकी ६२ वर्षीया योनेथ गार्जोन साइसेदो र भारतको मणिपुरकी ३७ वर्षीया रेबिका पुली रहेका […]

पहिरो र बाढीले ९ प्रमुख राजमार्ग प्रभावित

काठमाडौं, ४ साउन — लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीको जोखिम बढ्दा नौ प्रमुख राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।   कोशी प्रदेशमा इलाम, पाँचथर र खोटाङका विभिन्न सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छन् भने […]

च्याउ खोज्न गएका तीन महिला सकुशल फेला, १४ जनाको खोजी अझै जारी

धनगढी, ४ साउन। कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–३ का च्याउ खोज्न गएका तीन महिला सकुशल फेला परेका छन्। आइतबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गरेपछि सम्पर्कविहीन भएका उनीहरू सोमबार बिहान टेलिफोनमार्फत सम्पर्कमा आएका थिए।   शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणको नेपाली सेनाको टोलीले उनीहरूलाई निकुञ्जभित्रको लल्लेरी पोस्टबाट करिब चार किलोमिटर टाढा सकुशल उद्धार गरी […]

सुन–चाँदीको मूल्य फेरि बढ्यो,

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भई २ लाख ८४ हजार ६ सय रुपैयाँ कायम भएको छ।   अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ मा कारोबार भएको थियो। आजको वृद्धिसँगै सुनको भाउ नयाँ उचाइतर्फ […]