काठमाडौं, ४ साउन । बाजुराको हिमाली गाउँपालिका–५ स्थित क्युडीमा सोमबार जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८७८ नम्बरको जिप कुवाडी–क्युडी कच्ची सडकखण्डमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक हिमाली गाउँपालिका–२ का २५ वर्षीय जनवीर बुढासहित ९ जना यात्रु घाइते भएका हुन्। घाइतेमध्ये ४ जनाको अवस्था मध्यम रहेको छ भने बाँकी ५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिप सडकबाट करिब १० मिटर तल खसेको थियो। दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। पहाडी क्षेत्रमा निरन्तर वर्षासँगै सडक चिप्लो भएकाले सावधानी अपनाउन समेत प्रहरीले सबै चालकलाई आग्रह गरेको छ।








