काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भई २ लाख ८४ हजार ६ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ मा कारोबार भएको थियो। आजको वृद्धिसँगै सुनको भाउ नयाँ उचाइतर्फ उक्लिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँ ले बढेको छ। आइतबार ४ हजार २४० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ४ हजार ३२० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव र विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा पनि मूल्य समायोजन भएको व्यवसायीहरू बताउँछन्।
बढ्दो मूल्यका कारण सुन खरिद गर्ने उपभोक्तामाथि थप आर्थिक भार परेको छ भने बजारको गतिविधि पनि केही प्रभावित हुने अनुमान गरिएको छ।








