२०८३ श्रावण १३ बुधबार
[the_ad id="6228"]

जन्मदिनको पार्टीमा कुटाकुट हुँदा युवकको मृत्यु, २७ जना नियन्त्रणमा

काठमाडौं, ५ साउन । भक्तपुरको प्रसिद्ध पर्यटकीय स्थल घ्याम्पे डाँडा मा जन्मदिनको पार्टी मनाउने क्रममा भएको कुटाकुटमा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। घटनापछि प्रहरीले अनुसन्धानका लागि २७ जनालाई नियन्त्रणमा लिएको छ।

मृत्यु हुनेमा बर्दिया घर भई हाल भक्तपुरको सल्लाघारी बस्दै आएका करिब २६–२७ वर्षीय राज कार्की रहेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कार्की का अनुसार सोमबार मध्यराति करिब २ बजे साथीहरूसँग जन्मदिन मनाइरहेका बेला आपसी विवाद चर्किएपछि कुटाकुट भएको थियो।

घटनामा गम्भीर घाइते भएका राज कार्कीलाई तत्काल उपचारका लागि मध्यपुर अस्पताल, ठिमी लगिएको थियो। तर उपचारकै क्रममा राति ३:१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

डीएसपी कार्कीका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन पार्टीमा सहभागी तथा घटनास्थल आसपास रहेका २७ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ। हालसम्म कसैलाई औपचारिक रूपमा पक्राउ नगरिएको भए पनि झगडामा संलग्न व्यक्तिको पहिचान र घटनाको कारण खुलाउन अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।  

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर