काठमाडौं, असार ३० । जिल्ला अदालत काठमाडौंले मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) लाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ।
मंगलबार न्यायाधीश चन्द्रकान्त पौडेल को इजलासले अहिराजलाई दोषी ठहर गर्दै ३२ असार मा सजाय निर्धारणका लागि पेशी तोकेको हो।
राजेश अहिराज मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख हुनुका साथै मधेशवाणी साप्ताहिक का सम्पादक/प्रकाशक तथा मधेश आन्दोलन र मधेशवाद विषयमा पीएचडी गरेका व्यक्ति हुन्।
अदालतले दोषी ठहर गरेसँगै अब ३२ असारमा हुने सुनुवाइमार्फत उनलाई हुने सजाय निर्धारण गरिनेछ।








