२०८३ श्रावण १४ बिहीबार
[the_ad id="6228"]

करार कर्मचारी हटाउने तयारीविरुद्ध सिंहदरबारमा धर्ना

काठमाडौं। सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाएर आउटसोर्सिङ प्रणालीमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ मन्त्रालयका करार कर्मचारी मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वारमा धर्नामा बसेका छन्।   लामो समयदेखि विभिन्न सरकारी निकायमा करार सेवामार्फत कार्यरत कर्मचारीहरूले प्रस्तावित निर्णयले आफ्नो रोजगारी नै संकटमा पर्ने भन्दै तत्काल निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन्। उनीहरूले […]

नक्कली शरणार्थी प्रकरण : इन्द्रजित राईलाई ४ वर्ष कैद, उमेरका आधारमा अब साढे दुई महिना जेल बसे पुग्ने

काठमाडौं, असार ३० । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका डा. इन्द्रजित राई को सजाय निर्धारण भएको छ। काठमाडौं जिल्ला अदालतले उनलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना सुनाएको हो।   न्यायाधीश तेजबहादुर खड्का को इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरसम्बन्धी अभियोगमा एकीकृत रूपमा उक्त सजाय निर्धारण गरेको हो।   अदालतका […]

पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौं, असार ३० । जिल्ला अदालत काठमाडौंले मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) लाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ।   मंगलबार न्यायाधीश चन्द्रकान्त पौडेल को इजलासले अहिराजलाई दोषी ठहर गर्दै ३२ असार मा सजाय निर्धारणका लागि पेशी तोकेको हो।   राजेश अहिराज मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख हुनुका साथै मधेशवाणी साप्ताहिक का सम्पादक/प्रकाशक […]

कर्जा दुरुपयोग आरोपमा विष्णु पौडेल निकट व्यवसायी शशी शर्मा पक्राउ

काठमाडौं, असार ३० । प्रभु बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा व्यवसायी शशी शर्मा पौडेल पक्राउ परेका छन्।   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार उनलाई पक्राउ गरेको हो। प्रहरीले रिसोर्ट निर्माणका लागि लिएको बैंक कर्जा अन्य प्रयोजनमा दुरुपयोग गरेको आरोपमा उनीमाथि अनुसन्धान अघि बढाएको जनाएको छ।   शशी शर्मा, सम्पत्ति शुद्धीकरण मुद्दामा […]

बुधबारदेखि फेरि पूरा सिलिन्डर ग्यास पाइने

काठमाडौं, असार ३० । नेपाल आयल निगमले आगामी बुधबारदेखि देशभर पुनः १४.२ केजी (पूरा) एलपी ग्यास सिलिन्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ।   निगमले यसअघि २९ फागुनदेखि ७.१ केजी (आधा सिलिन्डर) ग्यास मात्रै बिक्री गर्दै आएको थियो। अब भने पुरानै व्यवस्था अनुसार १४.२ केजी ग्यास प्रतिलिन्डर २ हजार ६० रुपैयाँमा उपलब्ध गराइने निगमले जनाएको […]

विश्वकप खेलेका फुटबल स्टार जेडेन एडम्सको रहस्यमय निधन, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । दक्षिण अफ्रिकाका विश्वकप फुटबल खेलाडी जेडेन एडम्सको रहस्यमय निधन भएको छ। केप टाउनस्थित एक घरमा २५ वर्षीय एडम्स मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनाबारे औपचारिक अनुसन्धान सुरु गरेको छ।   दक्षिण अफ्रिकालाई पहिलोपटक विश्वकपको नकआउट चरणमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका एडम्सको मृत्यु विश्वकप अभियानकै केही समयपछि भएको हो। हालसम्म उनको मृत्युको कारण सार्वजनिक […]

जरिवानाबाट ट्राफिकलाई २५% भत्ता भन्ने हल्ला गलत : नेपाल प्रहरी

काठमाडौं, २९ असार । ट्राफिक प्रहरीले सवारी चालकबाट असुल गरिएको जरिवानाको २५ प्रतिशत रकम विशेष भत्ताका रूपमा पाउने भन्ने चर्चा पूर्ण रूपमा भ्रामक र निराधार रहेको नेपाल प्रहरीले स्पष्ट पारेको छ। मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीले पछिल्लो समय केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलाइएको यस्तो दाबी तथ्यहीन रहेको जनाएको हो। प्रहरीका अनुसार ट्राफिक नियम […]

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री गुरुङ

जनकपुरधाम — जनकपुरधामबाट काठमाडौंतर्फ पैदल मार्चमा निस्किएका मिटरब्याज पीडितसँग प्रत्यक्ष संवाद गर्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ पुगेका छन्।   गृहमन्त्री आउने जानकारी पाएपछि पीडितहरू निजगढमै रोकिएका थिए। उद्योग वाणिज्य संघ निजगढको सभाहलमा गृहमन्त्री गुरुङले उनीहरूका माग, समस्या र गुनासाबारे छलफल गरेको मिटरब्याज पीडित संघर्ष समितिका नेता मनोज पासवानले जानकारी दिए।   मिटरब्याज पीडितहरूले ६ […]

काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, घण्टौँदेखि जाममा रोकिए सवारी र यात्रु

काठमाडौं, असार ३० — लगातारको वर्षा र विभिन्न स्थानमा पहिरो खस्दा जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख सडकमार्गमा सवारी आवागमन रोकिएको छ। यात्रुको सुरक्षालाई मध्यनजर गर्दै लामो दूरीका सार्वजनिक सवारीसाधन बसपार्क तथा अन्य स्थानमै होल्ड गरिएको छ।   उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार नागढुंगा–मुग्लिन–नारायणगढ, साँगा हुँदै बीपी राजमार्ग तथा फर्पिङ–फाखेल–सिस्नेरी हुँदै हेटौँडा जाने […]

तमोरमा एक्कासि बाढी धनकुटाको मूलघाटमा जल्दै गरेको चिता बगायो

धनकुटा । लगातारको वर्षापछि आएको बाढीले धनकुटाको मूलघाटस्थित तमोर नदीमा अन्त्येष्टि भइरहेका बेला जल्दै गरेको चिता बगाएको छ। बाढीका कारण अन्य दुई चितासमेत प्रभावित भएका छन्।   धनकुटा नगरपालिका–६ निवासी ४३ वर्षीय गौरी रोक्का**को दाहसंस्कार भइरहेको बेला अचानक नदीमा आएको बाढीले चिता बगाएको हो। मलामीले बचाउने प्रयास गरे पनि सफल हुन सकेनन्।   वैदेशिक रोजगारीका […]