२०८३ श्रावण १५ शुक्रबार
[the_ad id="6228"]

बुधबारदेखि फेरि पूरा सिलिन्डर ग्यास पाइने

काठमाडौं, असार ३० । नेपाल आयल निगमले आगामी बुधबारदेखि देशभर पुनः १४.२ केजी (पूरा) एलपी ग्यास सिलिन्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ।

 

निगमले यसअघि २९ फागुनदेखि ७.१ केजी (आधा सिलिन्डर) ग्यास मात्रै बिक्री गर्दै आएको थियो। अब भने पुरानै व्यवस्था अनुसार १४.२ केजी ग्यास प्रतिलिन्डर २ हजार ६० रुपैयाँमा उपलब्ध गराइने निगमले जनाएको छ।

 

यद्यपि, ७.१ केजीका सिलिन्डर पूर्ण रूपमा प्रतिस्थापन नभएसम्म दुवै प्रकारका सिलिन्डर बजारमा बिक्री वितरण हुनेछन्।

 

निगमले उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न देशभर आवश्यक समन्वय मिलाइएको पनि जनाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर