२०८३ श्रावण १४ बिहीबार
[the_ad id="6228"]

मलामी गएका युवा दरौँदी नदीमा बगेर बेपत्ता

गोरखा, ।गोरखामा मलामी गएका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता भएका छन्।

 

जिल्लाको अजिरकोट गाउँपालिका–४ स्थित तालफुटे घाटमा मलामी गएका झ्याँवा निवासी ४० वर्षीय शमशेर नेपाली नदीले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

 

प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १ बजेदेखि नदीमा बेपत्ता भएका उनको खोजी कार्य जारी छ। नेपाल प्रहरीसहित स्थानीयवासीको सहयोगमा नदी आसपासका क्षेत्रमा खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिएका छन्।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर