एक रुपैयाँ घुस खाएको थाहा पाएँ भने आफैं एक्सनमा उत्रिन्छु : गृहमन्त्री गुरुङ

गोरखा । गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति सरकारले ‘शून्य सहनशीलता’ को नीति अपनाएको स्पष्ट गर्दै मातहतका कर्मचारीलाई घुसखोरी र अनियमिततामा संलग्न भए कडा कारबाही हुने चेतावनी दिएका छन्। शुक्रबार साँझ गोरखास्थित जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूसँगको भेटमा गृहमन्त्री गुरुङले देशका कुनै पनि सरकारी कर्मचारीले एक रुपैयाँ मात्र घुस लिएको प्रमाण फेला परे पनि आफू स्वयं कारबाहीका लागि […]
मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल दोषी, ३९ लाख क्षतिपूर्ति तिर्न अदालतको आदेश

काठमाडौं । प्रसूति उपचारका क्रममा मनिता शर्माको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले एभरेस्ट अस्पताल र उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योत्सना शर्मा तिवारीलाई चिकित्सकीय लापरबाही गरेको ठहर गर्दै पीडित परिवारलाई कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ। अदालतको आदेशअनुसार एभरेस्ट अस्पतालले ३० लाख रुपैयाँ र डा. तिवारीले ९ लाख […]
उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ

काठमाडौं । उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ (क्रिमिनल बेनिफिट) लिएको आरोपमा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ निवासी शैलेन्द्र गुप्ता र सर्लाहीको हरिपुर नगरपालिका–१ स्थायी घर भई हाल पश्चिम नवलपरासी बस्दै आएका विनोद साह कलवार रहेका छन्। […]
नेपाल औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादनको तयारी

काठमाडौं । नेपाल औषधि लिमिटेडले आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी थालेको छ। स्वदेशमै औषधि उत्पादन विस्तार गर्दै आयातमा निर्भरता घटाउने लक्ष्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच शुक्रबार समझदारीपत्र (एमओयू) गर्ने प्रक्रिया अघि बढाइएको हो। हाल लिमिटेडले ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन गरिरहेको छ। आगामी चरणमा […]
रासायनिक मल दीर्घकालीन प्राथमिकता होइन, जैविक मलमा सरकारको जोड : मन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले रासायनिक मललाई दीर्घकालीन समाधानका रूपमा नलिई जैविक तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोगलाई प्राथमिकतामा राखेको बताएकी छन्। शुक्रबार प्रतिनिधिसभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले रासायनिक मलको प्रयोग क्रमशः घटाउँदै स्वदेशमै उत्पादन गर्न सकिने जैविक मलको प्रवर्द्धनमा सरकार केन्द्रित हुने स्पष्ट पारिन्। […]
विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं, १ साउन — नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा शुक्रबार भएको थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको हो। सम्पत्ति शुद्धीकरण विभागले व्यवसायी दीपक भट्टलगायतको गैरकानुनी […]
जनकपुरका अतिक्रमित पोखरी र डिल खाली गर्न सात दिने अल्टिमेटम

जनकपुरधाम, १ साउन — जनकपुर उपमहानगरपालिकाभित्र राजगुठीअन्तर्गतका अतिक्रमित पोखरी तथा तिनका डिल क्षेत्र सात दिनभित्र खाली गर्न सरकारले निर्देशन दिएको छ। गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै विशहरा पोखरी, दशरथ तालाउ, अर्गजा सर, रत्न सागर पोखरी, मुरली सर, दीर्घिका सर, गोडधोई पोखरीलगायतका जलाशय र […]
मालपोत परिसरमा प्रहरीको एक्सन : सेवाग्राहीलाई दुःख–हैरानी दिने १५ जना पक्राउ

नेपालगञ्ज, १ साउन । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–स्थित भूमि प्रशासन कार्यालय (साबिक मालपोत कार्यालय) परिसरमा सेवाग्राहीलाई दुःख–हैरानी दिने गतिविधिमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मालपोत कार्यालय परिसरभित्र सेवाग्राहीलाई अनावश्यक रूपमा हैरानी दिने तथा बिचौलियाको भूमिका निर्वाह गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि […]
मलामी गएका युवा दरौँदी नदीमा बगेर बेपत्ता

गोरखा, ।गोरखामा मलामी गएका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता भएका छन्। जिल्लाको अजिरकोट गाउँपालिका–४ स्थित तालफुटे घाटमा मलामी गएका झ्याँवा निवासी ४० वर्षीय शमशेर नेपाली नदीले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १ बजेदेखि नदीमा बेपत्ता भएका उनको खोजी कार्य जारी छ। नेपाल प्रहरीसहित […]
भाडा नतिर्ने उद्योगमाथि सरकारको कडाइ, पाँच उद्योगले बुझाए बक्यौता

काठमाडौं, १ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको निर्देशनपछि सरकारी स्वामित्वका औद्योगिक क्षेत्रको भाडा बक्यौता असुली अभियानले तीव्रता पाएको छ। सात दिनभित्र बक्यौता चुक्ता गर्न दिइएको निर्देशनपछि थप पाँच उद्योगले भाडा रकम बुझाएका छन्। मन्त्रालयका अनुसार ती उद्योगहरूले बुधबार मात्रै ५६ लाख ६० हजार ९२३ रुपैयाँ ३७ पैसा बक्यौता तिरेका छन्। […]