काठमाडौं, १ साउन — नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा शुक्रबार भएको थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण विभागले व्यवसायी दीपक भट्टलगायतको गैरकानुनी सम्पत्ति लुकाउन सहयोग गरेको आरोपमा पौडेलसहित ६ जना व्यक्ति र १० कम्पनीसहित १६ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो कायम गर्दै ६ लाख ३४ हजार ५४५ रुपैयाँ बैंक मौज्दात जफत गर्न मागदाबी गरिएको छ। मुद्दाको थप कानुनी प्रक्रिया भने विशेष अदालतमा जारी रहनेछ।







