२०८३ श्रावण १४ बिहीबार
[the_ad id="6228"]

मालपोत परिसरमा प्रहरीको एक्सन : सेवाग्राहीलाई दुःख–हैरानी दिने १५ जना पक्राउ

नेपालगञ्ज, १ साउन । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–स्थित भूमि प्रशासन कार्यालय (साबिक मालपोत कार्यालय) परिसरमा सेवाग्राहीलाई दुःख–हैरानी दिने गतिविधिमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मालपोत कार्यालय परिसरभित्र सेवाग्राहीलाई अनावश्यक रूपमा हैरानी दिने तथा बिचौलियाको भूमिका निर्वाह गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको हो।

 

प्रहरीले सरकारी कार्यालयमा सेवाग्राहीलाई सहज, पारदर्शी र निष्पक्ष सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर