सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।
गएराति बा १ ञ १६५१ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटनामा पर्दा चालक धरान–१३ निवासी ३२ वर्षीय बिर्खबहादुर राई र धरान–१६ निवासी ४९ वर्षीय सुमन आचार्य गम्भीर घाइते भएका थिए। दुवै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान**मा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका धरान–२० निवासी ३२ वर्षीय पवन राईको सोही अस्पतालमा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार भ्यान कोशी लोकमार्गमा आफैं अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








