काठमाडौँमा ३३ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोको थानकोट शाखा र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा महोत्तरीबाट काठमाडौँ आउँदै गरेको बसमा सवार २४ वर्षीय समिर लामालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनको साथबाट ३३ ग्राम खैरो हेरोइन बरामद भएको थियो। त्यसपछि गरिएको थप अनुसन्धानका क्रममा उक्त लागुऔषध लिन आएको आरोपमा २८ वर्षीय जिवन लामालाई काठमाडौँको नागार्जुन–१४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको छ। घटनास्थलबाट ३३ ग्राम खैरो हेरोइन र दुई थान मोबाइल फोन पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।








