चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन नजिकको खहरे खोलामा सुख्खा पहिरो खसेपछि सडक दुवैतर्फको सवारी आवागमन अवरुद्ध भएको छ।
मंगलबार बिहान करिब ८:५० बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको हो। पहिरो हटाउन आवश्यक उपकरणसहित प्राविधिक टोली परिचालन गरिएको छ।
सडक खुलाउने काम तीव्र गतिमा अघि बढाइएको र करिब डेढ घण्टाभित्र आवागमन पुनः सञ्चालन गर्ने लक्ष्य राखिएको सम्बन्धित निकायले जनाएको छ।








