२०८३ श्रावण १६ शनिबार
[the_ad id="6228"]

कावासोतीमा ट्रकको ठक्करबाट ७९ वर्षीय वृद्धको घटनास्थलमै मृत्यु, ट्रक नियन्त्रणमा

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)। कावासोती नगरपालिका–८, हलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक जना वृद्धको ज्यान गएको छ।

 

प्रहरीका अनुसार कावासोतीबाट डण्डातर्फ जाँदै गरेको नम्बर खुल्न बाँकी रहेको ट्रकले पैदल हिँडिरहेका कावासोती–८ निवासी ७९ वर्षीय तुलसीप्रसाद च्वाईलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

 

घटनापछि फरार भएको ट्रकको खोजी गर्ने क्रममा प्रहरीले बिहान करिब ७:३० बजे मध्यबिन्दु नगरपालिका–११ स्थित पूर्व–पश्चिम राजमार्गबाट बा ३ क १९०३ नम्बरको शंकास्पद ट्रक फेला पारी नियन्त्रणमा लिएको छ।

 

दुर्घटनापछि चालक भने फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण, ट्रक र चालकको संलग्नताबारे थप अनुसन्धान जारी रहेको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर