२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ

चितवन l चितवनको इच्छाकामना गाउँपालिका–५ क्षेत्रबाट प्रहरीले चरेस जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

 

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको टोलीले पैदल हिँडिरहेका दुई जनालाई शंका लागेर जाँच गर्दा उनीहरूले बोकेको झोलाबाट पहेँलो टेपले बेरिएको अवस्थामा चरेस जस्तो देखिने पदार्थ बरामद गरेको हो।

 

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ का ४१ वर्षीय मोहन गोले र ३९ वर्षीय भिमबहादुर स्याङताङ रहेका छन्। उनीहरूबाट २०/२० वटा पोका गरी कुल ४० वटा पोका बरामद भएको प्रहरीले जनाएको छ। नापतौल गर्दा उक्त पदार्थको तौल करिब २० किलोग्राम रहेको पुष्टि भएको छ।

 

दुवै जनालाई नियन्त्रणमा लिएर लागू औषध सम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। बरामद गरिएको पदार्थको प्रकृति तथा अन्य विवरणबारे थप अनुसन्धान भइरहेको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर