२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

जापान पठाउने प्रलोभन देखाउँदै ११५ जनाबाट २ करोड ८० लाख असुली, कन्सल्टेन्सीका CEO पक्राउ

काठमाडौं । जापान पठाइदिने भन्दै ठूलो रकम असुलेर ठगी गरेको आरोपमा एक कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (CEO) पक्राउ परेका छन्।

 

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। उनी Gatsby International Pvt. Ltd. का CEO रहेको प्रहरीले जनाएको छ।

 

वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा बुढाथोकीलाई २०८३ साउन २५ गते बुटवलबाट नियन्त्रणमा लिइएको हो।

 

प्रहरीका अनुसार बुढाथोकीले सञ्चालन गर्दै आएको कन्सल्टेन्सीमार्फत ११५ जनालाई जापान पठाइदिने आश्वासन दिइएको थियो। सोही क्रममा विभिन्न व्यक्तिबाट कुल २ करोड ८० लाख रुपैयाँ रकम संकलन गरेको आरोप उनीमाथि लागेको छ।

 

जापान पठाउने भन्दै रकम लिएपछि प्रक्रिया अघि नबढाएको तथा रकमसमेत फिर्ता नगरेको भन्दै उनीविरुद्ध वैदेशिक रोजगारसम्बन्धी ठगीको उजुरी परेको बताइएको छ।

 

पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर