२०८३ जेष्ठ २० बुधबार

चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी दाङ घोराही उपमहानगरपालिका खैरा घर भएका ३७ वर्षीय भिमा डाँगीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत दाङको २०८० असोज २३ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-८ गौशालाबाट बुधबार पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत दाङमा पेस गरिएको प्रहरीले जनाएको छ । 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर