काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक पुरुषले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।
घटना विभागको ३ नम्बर गेट अगाडि भएको हो। प्रत्यक्षदर्शीका अनुसार ती पुरुषले अचानक आफ्नै शरीरमा आगो लगाएका थिए। घटनालगत्तै सुरक्षाकर्मी र स्थानीयले तत्काल उद्धार गरेका थिए।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएर तत्काल उपचारका लागि अस्पताल पठाएको छ। उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान र घटनाको कारण भने हालसम्म खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइ रहेको छ।








