बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिका–९, तिनकुनेमा गएराति भएको स्कुटर दुर्घटनामा एक युवकको ज्यान गएको छ।
मृत्यु हुनेमा बुटवल–९ निवासी २१ वर्षीय रिवा श्रेष्ठ रहेका छन्। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार होराइजोन चोकबाट तिनकुनेतर्फ जाँदै गरेको लु ७८ प ७४१७ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको बीचभागमा रहेको हाइमास्ट लाइटको पोलमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।







