२०८३ श्रावण १५ शुक्रबार
[the_ad id="6228"]

तमोरमा एक्कासि बाढी धनकुटाको मूलघाटमा जल्दै गरेको चिता बगायो

धनकुटा । लगातारको वर्षापछि आएको बाढीले धनकुटाको मूलघाटस्थित तमोर नदीमा अन्त्येष्टि भइरहेका बेला जल्दै गरेको चिता बगाएको छ। बाढीका कारण अन्य दुई चितासमेत प्रभावित भएका छन्।

 

धनकुटा नगरपालिका–६ निवासी ४३ वर्षीय गौरी रोक्का**को दाहसंस्कार भइरहेको बेला अचानक नदीमा आएको बाढीले चिता बगाएको हो। मलामीले बचाउने प्रयास गरे पनि सफल हुन सकेनन्।

 

वैदेशिक रोजगारीका क्रममा मलेसियामा निधन भएका रोक्काको शव आइतबार नेपाल ल्याइएपछि मूलघाटमा दाहसंस्कार भइरहेको थियो। सुरुमा नदीको बहाव सामान्य रहे पनि केहीबेरमै एक्कासि बाढी आएर चिता बगाएको मूलघाटस्थित विश्रान्ति मन्दिरका महासचिव जनार्दन घिमिरेले जानकारी दिए।

 

अचानक आएको बाढीले शोकाकुल परिवार र मलामीलाई थप पीडामा पारेको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर