२०८३ श्रावण १५ शुक्रबार
[the_ad id="6228"]

नक्कली शरणार्थी प्रकरण : इन्द्रजित राईलाई ४ वर्ष कैद, उमेरका आधारमा अब साढे दुई महिना जेल बसे पुग्ने

काठमाडौं, असार ३० । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका डा. इन्द्रजित राई को सजाय निर्धारण भएको छ। काठमाडौं जिल्ला अदालतले उनलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना सुनाएको हो।

 

न्यायाधीश तेजबहादुर खड्का को इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरसम्बन्धी अभियोगमा एकीकृत रूपमा उक्त सजाय निर्धारण गरेको हो।

 

अदालतका अनुसार ७५ वर्ष उमेर नाघेकाले कानुनी व्यवस्थाअनुसार राईले ७५ प्रतिशत सजाय छुट पाउनेछन्। यसअनुसार अब उनले करिब २ महिना १३ दिन कैद र तोकिएको जरिबाना भुक्तान गरेपछि सजाय पूरा हुने छ।

 

राई हाल पुर्पक्षका लागि थुनामै रहेका छन्। उनी यसअघि नै ३ वर्ष २ महिना १० दिन हिरासतमा बिताइसकेकाले बाँकी सजायमा उमेरका आधारमा छुट पाउने अदालतले जनाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर