२०८३ श्रावण १२ मंगलवार
[the_ad id="6228"]

पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५२१ जना सवारी चालकलाई पछिल्लो २४ घण्टामा ट्राफिक प्रहरीले कारबाही गरेको छ।

 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ३० जना, तीव्र गतिमा सवारी चलाउने ६६ जना, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने २६ जना तथा यान्त्रिक अवस्था मापदण्डविपरीत रहेका १२ जनामाथि कारबाही गरिएको हो।

 

त्यसैगरी, सवारीको अवस्था ठिक नभएका ७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ३२ जना, फुटपाथमा पार्किङ गर्ने १९ जना, एकतर्फी सडकमा सवारी चलाउने ६ जना र अन्य ट्राफिक नियम उल्लंघन गर्ने ३२३ जना पनि कारबाहीमा परेका छन्।

 

ट्राफिक प्रहरीले सुरक्षित, व्यवस्थित र अनुशासित सवारी आवागमन सुनिश्चित गर्न नियम उल्लंघन गर्ने चालकमाथि नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर