२०८३ श्रावण १४ बिहीबार
[the_ad id="6228"]

राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडक बन्द

काठमाडौं । पहिरोको उच्च जोखिमका कारण स्थानीय प्रशासनले आज राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड तथा चितवनतर्फको पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।

 

जिल्लाका विभिन्न स्थान तथा धादिङ क्षेत्रमा लगातार वर्षासँगै पहिरोको जोखिम बढेपछि रातिको यात्रा असुरक्षित हुने निष्कर्ष निकाल्दै प्रशासनले यस्तो निर्णय गरेको हो।

 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा यात्रु र सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै रातिको समयमा सवारी सञ्चालन रोकिएको उल्लेख छ।

 

प्रशासनले अत्यावश्यक यात्रा गर्नुपरे सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ। वर्षाका कारण शनिबार राति पनि यही सडकखण्ड बन्द गरिएको थियो।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर