२०८३ श्रावण १४ बिहीबार
[the_ad id="6228"]

चितवन पुगेका शिक्षामन्त्रीलाई विद्यार्थीको कडा सन्देश, कालो झण्डासहित विरोध

चितवन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई चितवनमा विद्यार्थीहरूले कालो झण्डा देखाउँदै विरोध गरेका छन्। काठमाडौं फर्किन भरतपुर विमानस्थलतर्फ जाने क्रममा संयुक्त विद्यार्थी संगठनहरूले विमानस्थल गेटअगाडि नाराबाजी गर्दै कालो झण्डा र कालो बेलुन प्रदर्शन गरेका हुन्।

 

विद्यार्थीहरूले सरकारले निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमाथि ३ प्रतिशत कर लगाएको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। उनीहरूले “शिक्षामा लगाएको कर खारेज गर”, “शिक्षा हाम्रो अधिकार हो, व्यापार होइन”, “विद्यार्थी संगठनमाथिको प्रतिबन्ध मुर्दावाद” लगायतका नारा लगाएका थिए।

 

अखिल क्रान्तिकारी चितवनका अध्यक्ष सुशील कार्की अब्दुलका अनुसार सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नुपर्ने अवस्थामा सरकारले विद्यार्थीमाथि थप आर्थिक भार थोपरेको भन्दै विरोध प्रदर्शन गरिएको हो।

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर