२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

चितवनतर्फ सडक खुल्यो, धादिङमा पहिरोले अझै अवरोध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई स्थानमा खसेको पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–२ को फिस्लिङ पानीधारा र चुमखोलामा खसेको पहिरो हटाइएपछि आइतबार बिहान ९:३० बजेदेखि सडक खुलेको हो।

 

यद्यपि धादिङको जवाङ खोलामा पहिरो खसेर सडक अवरुद्ध रहेकाले चितवन हुँदै काठमाडौँतर्फ जाने सवारी साधन अझै सञ्चालन हुन सकेका छैनन्। चुम्लिङटार, कुरिनटार र मुग्लिन क्षेत्रमा सयौँ सवारी साधन रोकिएका छन्।

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डबाट पोखरातर्फको यातायात भने सामान्य रूपमा सञ्चालन भइरहेको छ।

 

पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले शनिबार रातिदेखि नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोक लगाएको थियो। लगातारको वर्षाका कारण सडक खुल्ने प्रक्रिया प्रभावित हुँदा यात्रुहरूलाई अझै केही समय सास्ती हुने देखिएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर