२०८३ श्रावण १३ बुधबार
[the_ad id="6228"]

भारतीय चर्चित गायक सान नेपाल आउँदै

काठमाडौं : भारतीय संगीत जगत्का चर्चित पार्श्वगायक सान (Shaan) आगामी भदौ ६ गते विशेष सांगीतिक कार्यक्रमका लागि नेपाल आउने भएका छन्। नेपालकै ठूलो इन्डोर भेन्यु क्लब नोभा मा आयोजना हुने कार्यक्रममा उनले आफ्ना चर्चित तथा सदाबहार गीतहरू प्रत्यक्ष प्रस्तुत गर्नेछन्।

 

कार्यक्रमको आयोजना तथा व्यवस्थापन नेपाली टच नेपाल ले गरेको हो। आयोजकका अनुसार यस कार्य koक्रमले नेपाली संगीतप्रेमीलाई सानको लाइभ प्रस्तुति नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्नेछ।

कार्यक्रममा सानले ‘मुसु मुसु हाँसी देउ’, ‘ओम शान्ति ओम’, ‘बहती हवा सा था वो’, ‘चाँद सिफारिश’, ‘जब से तेरे नैना’, ‘तन्हा दिल’, ‘वो लड्की है कहाँ’, ‘सुनो ना’, ‘हे शोना’ र ‘कुछ तो हुआ है’ लगायतका लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन्।

 

भारतसँगै नेपालमा पनि अत्यन्त लोकप्रिय रहेका सानको आगमनले सांगीतिक माहोल थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर