२०८३ श्रावण १० आईतवार
[the_ad id="6228"]

चिकित्सा शिक्षा आयोगका चार निर्देशक पदका लागि १२ जना सर्टलिस्ट, साउन ८ गते अन्तर्वार्ता

काठमाडौं, साउन ६ — चिकित्सा शिक्षा आयोगले आयोगअन्तर्गतका चार निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज का निर्देशक पदका लागि १२ जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ।

 

आयोगले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना–समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज का निर्देशक पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति प्रक्रिया अघि बढाएको हो।

 

गत असार २६ गते प्रकाशित दरखास्त आह्वानअनुसार प्राप्त आवेदनहरूको मूल्यांकनपछि सबैभन्दा उच्च अंक प्राप्त गर्ने १२ जना उम्मेदवारलाई सर्टलिस्ट गरिएको आयोगले जनाएको छ।

 

आयोगका अनुसार उम्मेदवारहरूको छनोट राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ तथा उम्मेदवार छनोट सम्बन्धी कार्यविधि, २०८३ बमोजिम शैक्षिक योग्यता, कार्यअनुभव र उम्मेदवारले पेश गरेको सोचपत्रको मूल्यांकनका आधारमा गरिएको हो।

 

सर्टलिस्टमा परेका उम्मेदवारहरू:

 

  • प्रा.डा. दयाराम पोखरेल (बारबर्दिया–४, बर्दिया)
  •  प्रा.डा. दिपेन्द्रबहादुर श्रेष्ठ (काठमाडौं–४)
  •  प्रा.डा. दिलिप शर्मा (सूर्यविनायक–२, भक्तपुर)
  •  प्रा.डा. विनोदकुमार यादव (औरही–२, महोत्तरी)
  •  प्रा.डा. मृगेन्द्र अमात्य (ललितपुर–६)
  •  प्रा.डा. रविन्द्रमान श्रेष्ठ (ललितपुर–१)
  •  प्रा.डा. विष्णुप्रसाद शर्मा (ललितपुर–१५)
  •  प्रा.डा. संघरत्न बज्राचार्य (काठमाडौं–२४)
  •  प्रा.डा. सञ्जयकुमार श्रेष्ठ (काठमाडौं–२८)
  •  प्रा.डा. सन्ध्या चापागाईं आचार्य (मध्यपुर ठिमी–३, भक्तपुर)
  •  प्रा.डा. सुरज बज्राचार्य (काठमाडौं–१७)
  •  प्रा.डा. सैलेस प्रधान (महालक्ष्मी–१, ललितपुर)

 

आयोगले सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन ८ गते शुक्रबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको बैठक कक्ष मा सञ्चालन गर्ने जनाएको छ।

 

कार्यतालिकाअनुसार पहिलो समूह (क्र.सं. १–४) को अन्तर्वार्ता बिहान ८:०० बजे, दोस्रो समूह (क्र.सं. ५–८) को ११:०० बजे तथा तेस्रो समूह (क्र.सं. ९–१२) को दिउँसो २:०० बजे हुनेछ।

 

आयोगले सबै उम्मेदवारलाई आवेदनसँग संलग्न सक्कल कागजात, १५ मिनेटको सोचपत्र प्रस्तुतीकरणका लागि पावरपोइन्टको इलेक्ट्रोनिक प्रति सहित तोकिएको समयभन्दा कम्तीमा एक घण्टा अगावै उपस्थित हुन अनुरोध गरेको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर