२०८३ श्रावण २३ शनिबार
[the_ad id="6228"]

गगन थापाले अन्तिम समयमा किन स्थगित गरे भारत भ्रमण?

काठमाडौं, साउन २६ — नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ। शनिबार नयाँदिल्ली प्रस्थान गर्ने तयारीमा रहेका थापाको भ्रमण पहिलो पटक आइतबारका लागि सारिएको थियो। तर आइतबार पनि उनी भारत नजाने निर्णय भएको छ।

 

भारतको नयाँदिल्लीमा आयोजित नेपाली कांग्रेस जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन थापालाई निमन्त्रणा गरिएको थियो। सबै तयारी पूरा भइसके पनि अन्तिम समयमा भ्रमण स्थगित गरिएको हो।

 

कांग्रेसका प्रवक्ता **देवराज चालिसे**ले भ्रमण स्थगित भएको पुष्टि गरेका छन्। तर, यसको आधिकारिक कारण भने पार्टीले सार्वजनिक गरेको छैन।

 

पार्टी स्रोतका अनुसार, कांग्रेसभित्र पछिल्लो समय चर्किएको आन्तरिक विवाद नै भ्रमण स्थगित हुनुको प्रमुख कारण हुन सक्ने बताइएको छ। विदेशस्थित जनसम्पर्क समितिहरूको महाधिवेशनपछि विकसित राजनीतिक समीकरण र संस्थापन तथा इतर पक्षबीच बढ्दो मतभेदका बीच यो निर्णय आएको चर्चा भइरहेको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर