२०८३ भाद्र ९ मंगलवार
[the_ad id="6228"]

कारको डिक्कीमा १२ पोका गाँजा, चितवनमा १६८ किलो गाँजासहित दुई जना पक्राउ

चितवनमा १६८ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०८३ साल भदौ ८ गते बिहान करिब ३:४० बजे राप्ती नगरपालिकाको भित्री सडक हुँदै पूर्व–पश्चिम राजमार्गतर्फ जाँदै गरेको कारमा लागूऔषध गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त भएको थियो।

 

उक्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले राप्ती नगरपालिका–१० स्थित चिप्लेटी भन्ने स्थानमा कार रोकेर जाँच गरेको थियो। जाँचका क्रममा कार चालक दिल्लीराम थारू र कारमा सवार कर्णबहादुर तामाङ लाई प्रहरीले नियन्त्रणमा लिएको हो।

 

प्रहरीले कारको खानतलासी गर्दा पछाडिको डिक्कीभित्र रातो प्लास्टिकमा प्याक गरी सेतो पानी टेपले बेरेर लुकाइएको अवस्थामा गाँजाजस्तो पदार्थ फेला पारेको जनाएको छ।

 

चारपाटे आकारमा तयार पारिएका १२ वटा पोकाबाट कुल १६८ किलो ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

 

बरामद सामग्रीसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी चितवन जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट चार दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 

 

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर