काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क गरी आफूलाई ‘ह्याकर’ भएको दाबी गर्दै नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको बताई रकम माग गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार रकम नदिए ती तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिई महिलाबाट रु. ९ लाख ९५ हजार रकम लिएको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका–सल्यानधान क्षेत्रमा बस्दै आएका २३ वर्षीय क्रमल बहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले उनलाई आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएको जनाएको छ।








