२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

रुस–युक्रेन युद्ध : किभमाथि सबैभन्दा ठूलो ब्यालिस्टिक हमला

काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको छ। शनिबार रातभर भएको श्रृंखलाबद्ध हमलामा हालसम्म एक जनाको मृत्यु भएको छ भने कम्तीमा १४ जना घाइते भएका छन्।   युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई “किभमाथिको सबैभन्दा ठूलो ब्यालिस्टिक आक्रमणमध्ये एक” भएको बताएका छन्। युक्रेनी सेनाका अनुसार रुसले ४१ वटा […]

रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रुकुम पूर्व जिल्लाको कोल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आइतबार अपराह्न ४ः३० बजे ५ म्याग्निच्युडको भूकम्प गएको छ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको छ।   हालसम्म भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको कुनै आधिकारिक विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायले प्रभावित क्षेत्रको अवस्था […]

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्यो, श्रम स्वीकृति लिने ४७ हजारले कम

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार समीक्षा अवधिमा ७ लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा रोजगारीका लागि प्रस्थान गरेका छन्, जुन अघिल्लो वर्षभन्दा ४७ हजार ७९ ले कम हो। विभागको तथ्यांकअनुसार श्रम स्वीकृति लिनेमध्ये […]

सुन–चाँदी दुवै महँगिए, आजको नयाँ मूल्य सार्वजनिक

काठमाडौं, ३ साउन । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो।   आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार […]

खहरे खोलाको बाढीले बगाउँदा २ जनाको मृत्यु

काठमाडौं । खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको खहरे खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ।   मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियार रहेका छन्।   प्रहरीका अनुसार आफन्तको घरबाट फर्किने क्रममा सम्पर्कविहीन भएकी शान्ता राईलाई खोजतलास गर्दा खोलामा मृत […]

प्रदेशमा तीन दलीय सरकारको प्रस्तावप्रति काँग्रेसको असहमति

काठमाडौं, ३ साउन — नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेशमा तीन ठूला दल मिलेर सरकार बनाउने प्रस्तावप्रति असहमति जनाउँदै यस्तो कदमले जनादेश र लोकतान्त्रिक मूल्यको अपमान हुने बताएका छन्।   ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४औँ वीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै थापाले तीन दलको संयुक्त सरकार बनेमा प्रदेशसभा प्रतिपक्षविहीन हुने र […]

काठमाडौं उपत्यकामा २४ घण्टामा २५ सवारी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं, ३ साउन — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भएका २५ वटा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।   उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार गएराति करिब १२:३० बजे भक्तपुरको एसएस चोक नजिक दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक चालकको घटनास्थलमै मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी […]

प्रेमिकालाई बोलाइदिन माग गर्दै ८० मिटर अग्लो नेपाल टेलिकम टावरमा चढे युवक

सर्लाही, ३ साउन । सर्लाहीको मलंगवामा एक युवक प्रेमिकालाई घटनास्थलमा बोलाइदिन माग गर्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेपछि सुरक्षा निकायले उद्धार प्रयास तीव्र बनाएको छ।   जिल्लाको गोडैता नगरपालिका–९ बकैनिया निवासी अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आइतबार बिहान मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालयको परिसरभित्र रहेको टावरमा चढेका हुन्।   टावरमा पुगेपछि […]

मुग्लिन–नारायणगढ सडकखण्डको जलबीरेमा दुई बस ठोक्किँदा सडक अवरुद्ध

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिक दुई बस एकापसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ।   सडक डिभिजन कार्यालय चितवनका अनुसार दुर्घटनापछि ठोक्किएका दुवै बस हटाउने कार्य जारी रहेको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन् भने घाइतेहरूको यकिन संख्या खुल्न बाँकी छ।   प्रारम्भिक जानकारीअनुसार निलो रङको बस नारायणगढबाट मुग्लिनतर्फ जाँदै थियो भने राजधानी […]

बूढी राप्तीमा घुँगी खोज्न गएका व्यक्तिको डुबेर मृत्यु

चितवन, २ साउन । चितवनको बूढी राप्ती नदीमा घुँगी खोज्न गएका एक जनाको डुबेर मृत्यु भएको छ।   जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका–८ निवासी ४० वर्षीय राजाराम ढकाल आज दिउँसो नदीमा डुबेका थिए। स्थानीय र सुरक्षाकर्मीले तत्काल उद्धार गरी भरतपुर अस्पताल पुर्‍याए पनि उपचारका क्रममा अपराह्न उनको मृत्यु भएको प्रहरीले जनाएको छ।   […]