प्रतिनिधिसभाबाट भ्रष्टाचार विधेयक सर्वसम्मतिले पारित

काठमाडौं। ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट गृहमन्त्री रमेश लेखकले सभासमक्ष पेस गरेको विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो। सोही अवसरमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नागरिकको सुख, शान्ति तथा आर्थिक हित, समाजमा आर्थिक अनुशासन, नैतिकता र सदाचार कायम राख्न र भ्रष्टाचार […]
आज ३४ औं अख्तियार स्थापना दिवस, एक वर्षमा २०१ मुद्दा दायर, आठ अर्ब ३५ करोड बिगो दाबी

काठमाडौं। भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औं वर्षमा प्रवेश गरेको छ। सुशासन प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टङ्गालस्थित आयोगको कार्यालयमा ३४ औँ स्थापना दिवस मनाइँदै छ। आयोगका सचिव घनश्याम उपाध्यायका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ। सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको […]
बुढानीलकण्ठमा प्रहरीको छापा, २३ जना पक्राउ

काठमाडौं। प्रहरीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ३ स्थित एक घरमा छापा मारेर २३ जनालाई पक्राउ गरेको छ। आइतबार राति अबेरसम्म गरिएको सर्च अप्रेशनको क्रममा उनीहरुलाई पक्राउ गरिएको हो। अवैध अनलाइन जुवा, सट्टेबाजी लगायतका गतिविधि भइरहेको स्थानमा काठमाडौं प्रहरी परिसरको टोलीले छापा मारेको थियो। काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले अनलाइन जुवा घरमा छापा मारिएको जानकारी दिए। […]
नेपाललाई आर्थिक रुपमा गतिशील बनाउन सबैको मेहनत आवश्यक छ : प्रचण्ड

नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबैले इमान्दारितापूर्वक मेहनत गरेमा नेपाललाई चाँडै आर्थिक रुपमा गतिशील बनाउन सकिने बताएका छन्। नेपालगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको प्रादेशिक महोत्सव उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्। नेपालमा केही पनि भएन, राजनीतिक परिवर्तनले आर्थिक क्षेत्रमा केही रुपान्तरण ल्याएन भन्ने भाष्य सही नभएको उल्लेख गर्दै अध्यक्ष […]
गाग्री लिएर धरानबाट काठमाडौं आएका हर्क साम्पाङ रित्तै सिंहदरबार प्रवेश

काठमाडाैं। खानेपानीको लागि दबाब दिन भन्दै धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सिंहदरबार प्रवेश गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न भन्दै मेयर साम्पाङ मंगलबार सिंहदरबारमा प्रवेश गरेका हुन्। खानेपानी मन्त्रालयलाई पटक पटक धरानमा पानी ल्याउन ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको मेयर साम्पाङले गुनासो गरे।धरानमा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकारलाई दबाब […]
गाउँपालिकास्तरीय एसइइ हाजिरीजवाफ प्रतियोगितामा शहिद स्मारक प्रथम

नेपालगन्ज । बाँकेको डुडुवा आयोजना गरिएको गाउँपालिकास्तरीय एसइइ स्तरीय हाजिरीजवाफ प्रतियोगितामा शहिद स्मारक माध्यमिक विद्यालय प्रथम भएको छ । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा शहिद स्मारक प्रथम स्थान ल्याउन सफल भएको हो । प्रतियोगितामा श्री माध्यमिक विद्यालय बनकट्टी दोस्रो, फ्लोरिक एकेडमी छग्रहवा तेस्रो स्थान ल्याउन सफल भएका छन् भने पशुपति माध्यमिक विद्यालय […]
डुडुवाको १७ औं गाउँसभा सम्पन्न, अवकास प्राप्त चार जना सम्मानित

डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाको १७ औं गाउँसभा शनिबार सम्पन्न भएको छ । गाउँपालिकाको प्रशासनिक कार्यालय परिसरमा आयोजना गरिएको गाउँसभाले नीति तथा कार्यक्रम र बजेट पास गर्ने निर्णय गर्दै सम्पन्न भएको हो । विकास समृद्धि र सुशासन, डुडुवा गाउँपालिकाको अभियान नारा’सहित गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले चालु वर्षको अर्ध वार्षिक नीति तथा कार्यक्रम र बजेट […]
रास्वपा सभापति लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने

काठमाडाैं। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ। लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई […]
राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरह पदहरुको खुला परिक्षाकाे विज्ञापन

लोकसेवा आयोगले निजामती र संघीय संसद सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरह पदहरुको खुला परिक्षाकाे विज्ञापन गरेकाे छ । https://psc.gov.np/assets/uploads/files/%E0%A4%B5%E0%A4%BF%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A4%BE%E0%A4%AA%E0%A4%A8.pdf
संविधान संशोधनको एजेण्डाबाट प्रधानमन्त्री ओली ब्याक!

काठमाडौं। राजनीतिक स्थिरता कायम गर्ने, संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रमुख तीन एजेण्डामा यो सरकार अघि बढ्ने भन्दै प्रधानमन्त्री पदको शपथ खाएका केपी शर्मा ओली तीनवटै एजेण्डामा असफल हुने संकेत देखिएको छ। सवत्र चासो रहेको संविधान संशोधनका विषयमा प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिले सरकारको नियतमाथि नै शंका उब्जिएको छ। मंगलबार सकिएको नेकपा एमालेको केन्द्रीय कमिटीको […]