२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

च्याउ खोज्न गएका तीन महिला सकुशल फेला, १४ जनाको खोजी अझै जारी

धनगढी, ४ साउन। कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–३ का च्याउ खोज्न गएका तीन महिला सकुशल फेला परेका छन्। आइतबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गरेपछि सम्पर्कविहीन भएका उनीहरू सोमबार बिहान टेलिफोनमार्फत सम्पर्कमा आएका थिए।   शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणको नेपाली सेनाको टोलीले उनीहरूलाई निकुञ्जभित्रको लल्लेरी पोस्टबाट करिब चार किलोमिटर टाढा सकुशल उद्धार गरी […]

सुन–चाँदीको मूल्य फेरि बढ्यो,

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भई २ लाख ८४ हजार ६ सय रुपैयाँ कायम भएको छ।   अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ मा कारोबार भएको थियो। आजको वृद्धिसँगै सुनको भाउ नयाँ उचाइतर्फ […]

चितवनतर्फ सडक खुल्यो, धादिङमा पहिरोले अझै अवरोध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई स्थानमा खसेको पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–२ को फिस्लिङ पानीधारा र चुमखोलामा खसेको पहिरो हटाइएपछि आइतबार बिहान ९:३० बजेदेखि सडक खुलेको हो।   यद्यपि धादिङको जवाङ खोलामा पहिरो खसेर सडक अवरुद्ध रहेकाले चितवन हुँदै काठमाडौँतर्फ जाने सवारी साधन अझै सञ्चालन हुन सकेका छैनन्। चुम्लिङटार, कुरिनटार र […]

पुँजी बजार र बीमा क्षेत्रबारे प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल आज

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आज मध्यान्ह १२ बजे पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका प्रमुख सरोकारवालासँग विशेष छलफल गर्ने भएका छन्।   सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने बैठकमा नेपालको पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका सम्भावना र समग्र अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल हुने जनाइएको छ।   […]

स्पेन फुटबलको विश्व च्याम्पियन

न्यु जर्सी। स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रोपटक फिफा विश्वकप फुटबलको उपाधि आफ्नो नाममा गरेको छ। सोमबार बिहान अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा सम्पन्न रोमाञ्चक फाइनलमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गर्दै विश्व च्याम्पियन बन्न सफल भयो।   निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त […]

चितवन पुगेका शिक्षामन्त्रीलाई विद्यार्थीको कडा सन्देश, कालो झण्डासहित विरोध

चितवन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई चितवनमा विद्यार्थीहरूले कालो झण्डा देखाउँदै विरोध गरेका छन्। काठमाडौं फर्किन भरतपुर विमानस्थलतर्फ जाने क्रममा संयुक्त विद्यार्थी संगठनहरूले विमानस्थल गेटअगाडि नाराबाजी गर्दै कालो झण्डा र कालो बेलुन प्रदर्शन गरेका हुन्।   विद्यार्थीहरूले सरकारले निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमाथि ३ प्रतिशत कर लगाएको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। […]

आज राति १० बजेदेखि धादिङमा सार्वजनिक र निजी सवारी रोक

धादिङ । सम्भावित बाढी, पहिरो र सडक अवरोधको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले आज राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेक सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक** लगाएको छ।   जल तथा मौसम विज्ञान विभागले भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले धादिङसहित चितवन, गोरखा […]

राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडक बन्द

काठमाडौं । पहिरोको उच्च जोखिमका कारण स्थानीय प्रशासनले आज राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड तथा चितवनतर्फको पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।   जिल्लाका विभिन्न स्थान तथा धादिङ क्षेत्रमा लगातार वर्षासँगै पहिरोको जोखिम बढेपछि रातिको यात्रा असुरक्षित हुने निष्कर्ष निकाल्दै प्रशासनले यस्तो निर्णय गरेको हो।   प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी […]

गोली प्रहारपछि नेपालगञ्जका सोनीसहित ३ लागूऔषध कारोबारी पक्राउ

काठमाडौं । काठमाडौंमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ। आइतबार दिउँसो टेकुस्थित दोवानपुल नजिक भएको अपरेसनमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएर तीन जनालाई पक्राउ गरेको हो।   पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१७ का १९ वर्षीय निखिल सोनी, सुर्खेतको पञ्चपुरी–५ का १९ वर्षीया शोफिया मगर तथा भारत, उत्तर प्रदेशको रुपैडियाका २५ वर्षीय […]

गोली चलाएर तीन लागुऔषध कारोबारी पक्राउ, भारतीय नागरिक घाइते

काठमाडौं । काठमाडौंमा आइतबार प्रहरीले गोली चलाएर तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक भारतीय र दुई नेपाली नागरिक रहेका छन्।   प्रहरीको लागुऔषध कानुन कार्यान्वयन ब्युरो (टेकु) को टोलीले विभिन्न स्थानबाट पछ्याउँदै टेकुस्थित काठमाडौं महानगरपालिकाको फोहोर मैला भण्डारणस्थलमा पुगेपछि गोली प्रहार गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।   ब्युरो प्रमुख एसएसपी सुवासचन्द्र […]