विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं, १ साउन — नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा शुक्रबार भएको थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको हो। सम्पत्ति शुद्धीकरण विभागले व्यवसायी दीपक भट्टलगायतको गैरकानुनी […]
जनकपुरका अतिक्रमित पोखरी र डिल खाली गर्न सात दिने अल्टिमेटम

जनकपुरधाम, १ साउन — जनकपुर उपमहानगरपालिकाभित्र राजगुठीअन्तर्गतका अतिक्रमित पोखरी तथा तिनका डिल क्षेत्र सात दिनभित्र खाली गर्न सरकारले निर्देशन दिएको छ। गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै विशहरा पोखरी, दशरथ तालाउ, अर्गजा सर, रत्न सागर पोखरी, मुरली सर, दीर्घिका सर, गोडधोई पोखरीलगायतका जलाशय र […]
मालपोत परिसरमा प्रहरीको एक्सन : सेवाग्राहीलाई दुःख–हैरानी दिने १५ जना पक्राउ

नेपालगञ्ज, १ साउन । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–स्थित भूमि प्रशासन कार्यालय (साबिक मालपोत कार्यालय) परिसरमा सेवाग्राहीलाई दुःख–हैरानी दिने गतिविधिमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मालपोत कार्यालय परिसरभित्र सेवाग्राहीलाई अनावश्यक रूपमा हैरानी दिने तथा बिचौलियाको भूमिका निर्वाह गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि […]
मलामी गएका युवा दरौँदी नदीमा बगेर बेपत्ता

गोरखा, ।गोरखामा मलामी गएका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता भएका छन्। जिल्लाको अजिरकोट गाउँपालिका–४ स्थित तालफुटे घाटमा मलामी गएका झ्याँवा निवासी ४० वर्षीय शमशेर नेपाली नदीले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १ बजेदेखि नदीमा बेपत्ता भएका उनको खोजी कार्य जारी छ। नेपाल प्रहरीसहित […]
भाडा नतिर्ने उद्योगमाथि सरकारको कडाइ, पाँच उद्योगले बुझाए बक्यौता

काठमाडौं, १ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको निर्देशनपछि सरकारी स्वामित्वका औद्योगिक क्षेत्रको भाडा बक्यौता असुली अभियानले तीव्रता पाएको छ। सात दिनभित्र बक्यौता चुक्ता गर्न दिइएको निर्देशनपछि थप पाँच उद्योगले भाडा रकम बुझाएका छन्। मन्त्रालयका अनुसार ती उद्योगहरूले बुधबार मात्रै ५६ लाख ६० हजार ९२३ रुपैयाँ ३७ पैसा बक्यौता तिरेका छन्। […]
नेपाल टेलिकमको फोरजी सेवा मुगु–बाजुराका दुर्गम बस्तीमा विस्तार

काठमाडौं, १ साउन । नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम हिमाली बस्तीमा फोरजी सेवा विस्तार गर्दै उच्च गतिको मोबाइल इन्टरनेट पहुँच पुर्याएको छ। कम्पनीले मुगुको सोरु गाउँपालिका–६ सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका–१ नेटा र वडा नं. ५ कुवाडीमा फोरजी सेवा सञ्चालनमा ल्याएको जनाएको हो। सोरुकोटमा आयोजित सेवा शुभारम्भ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, […]
प्रधानमन्त्री शाह र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको वर्तमान अवस्था, सुशासन, विकासका प्राथमिकता तथा राष्ट्रिय हितसँग सम्बन्धित विविध विषयमा छलफल भएको छ। भेटवार्तामा राप्रपा अध्यक्ष लिङ्देनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र […]
दोस्रो दिन पनि उकालो लाग्यो सुनको मूल्य, चाँदी सस्तो

काठमाडौं, ३२ असार। नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि बढेको छ भने चाँदीको मूल्यमा भने गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर २ लाख ८५ हजार २ सय रुपैयाँ पुगेको छ। बुधबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार […]
मकवानपुरमा सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला

काठमाडौं, ३२ असार। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत अवस्थामा फेला परेका छन्। स्कुटर भेटिएको एक दिनपछि चालकको शव घटनास्थलबाट करिब २०० मिटर तल खोलाको बगरमा बालुवामुनि पुरिएको अवस्थामा भेटिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले […]
अमेरिकाले फेरि गर्यो इरानमा आक्रमण

काठमाडौं। अमेरिका र इरानबीचको तनाव फेरि चलिएको छ। अमेरिकाले बुधबार साँझ इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी सेन्टकम (CENTCOM) का अनुसार इरानका सैन्य कमान्ड सेन्टर, वायु रक्षा प्रणाली, क्षेप्यास्त्र तथा ड्रोन प्रतिष्ठान र तटीय निगरानी केन्द्रहरूलाई लक्षित गरी आक्रमण गरिएको हो। अमेरिकाले हर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने व्यावसायिक जहाज तथा […]