२०८३ भाद्र ९ मंगलवार
[the_ad id="6228"]

मकवानपुरमा सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला

काठमाडौं, ३२ असार। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत अवस्थामा फेला परेका छन्। स्कुटर भेटिएको एक दिनपछि चालकको शव घटनास्थलबाट करिब २०० मिटर तल खोलाको बगरमा बालुवामुनि पुरिएको अवस्थामा भेटिएको हो।   जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले […]

अमेरिकाले फेरि गर्‍यो इरानमा आक्रमण

काठमाडौं। अमेरिका र इरानबीचको तनाव फेरि चलिएको छ। अमेरिकाले बुधबार साँझ इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ हवाई आक्रमण गरेको जनाएको छ।   अमेरिकी सेन्टकम (CENTCOM) का अनुसार इरानका सैन्य कमान्ड सेन्टर, वायु रक्षा प्रणाली, क्षेप्यास्त्र तथा ड्रोन प्रतिष्ठान र तटीय निगरानी केन्द्रहरूलाई लक्षित गरी आक्रमण गरिएको हो। अमेरिकाले हर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने व्यावसायिक जहाज तथा […]

आजदेखि भरी सिलिन्डर ग्यास बिक्री सुरु, उपभोक्ताले फेरि १४.२ केजी ग्यास पाउने

काठमाडौं । नेपाल आयल निगमले आज (बुधबार)देखि उपभोक्तालाई पुनः भरी अर्थात् १४.२ केजीको खाना पकाउने एलपी ग्यास बिक्री वितरण सुरु गरेको छ।   निगमले मंगलबार सूचना जारी गर्दै देशभर साबिककै १४.२ केजी ग्यास सिलिन्डर बजारमा पठाउने निर्णय गरेको जनाएको हो। यसअघि अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्तिको अनिश्चितता र ग्यासको कृत्रिम अभाव रोक्न सरकारले २९ फागुनदेखि ७.१ […]

सडकबाट नहरमा खस्यो मोटरसाइकल, एकको मृत्यु, अर्का घाइते

काठमाडौं, ३१ असार । सुनसरीको गढी गाउँपालिका–३ चालीसहट्टीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।   मंगलबार राति करिब ११:१५ बजे छिटाहाबाट औराबनीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प ४५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट नहरमा खसेको प्रहरीले जनाएको छ।   दुर्घटनामा सप्तरीको तिरहुत गाउँपालिका–३ निवासी २५ वर्षीय […]

फ्रान्सलाई २–० ले हराउँदै १६ वर्षपछि फाइनलमा स्पेन

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै १६ वर्षपछि विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ।   अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै बलियो दाबेदार फ्रान्सलाई स्तब्ध बनाएको हो।   स्पेनका लागि पेड्रो पोरो र मिकेल ओयार्जाबलले एक–एक गोल गरे। खेलको २२औँ मिनेटमा लामिन यामालमाथि […]

पर्यटन बोर्डमा खुला प्रतिस्पर्धाबाट पाँच सञ्चालक सदस्य नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत पाँच जना नयाँ सञ्चालक सदस्य नियुक्त भएका छन्। मंगलबार गरिएको नियुक्तिअनुसार खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा र डा. शोभिता श्रेष्ठ ढकाल बोर्डको सञ्चालक समितिमा समावेश भएका हुन्।   पर्यटन ऐन तथा प्रचलित कानुनी व्यवस्थाअनुसार गठित बोर्ड सदस्य छनोट समितिले खुला आवेदनमार्फत प्राप्त निवेदनको […]

करार कर्मचारी हटाउने तयारीविरुद्ध सिंहदरबारमा धर्ना

काठमाडौं। सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाएर आउटसोर्सिङ प्रणालीमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ मन्त्रालयका करार कर्मचारी मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वारमा धर्नामा बसेका छन्।   लामो समयदेखि विभिन्न सरकारी निकायमा करार सेवामार्फत कार्यरत कर्मचारीहरूले प्रस्तावित निर्णयले आफ्नो रोजगारी नै संकटमा पर्ने भन्दै तत्काल निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन्। उनीहरूले […]

नक्कली शरणार्थी प्रकरण : इन्द्रजित राईलाई ४ वर्ष कैद, उमेरका आधारमा अब साढे दुई महिना जेल बसे पुग्ने

काठमाडौं, असार ३० । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका डा. इन्द्रजित राई को सजाय निर्धारण भएको छ। काठमाडौं जिल्ला अदालतले उनलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना सुनाएको हो।   न्यायाधीश तेजबहादुर खड्का को इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरसम्बन्धी अभियोगमा एकीकृत रूपमा उक्त सजाय निर्धारण गरेको हो।   अदालतका […]

पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौं, असार ३० । जिल्ला अदालत काठमाडौंले मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) लाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ।   मंगलबार न्यायाधीश चन्द्रकान्त पौडेल को इजलासले अहिराजलाई दोषी ठहर गर्दै ३२ असार मा सजाय निर्धारणका लागि पेशी तोकेको हो।   राजेश अहिराज मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख हुनुका साथै मधेशवाणी साप्ताहिक का सम्पादक/प्रकाशक […]

कर्जा दुरुपयोग आरोपमा विष्णु पौडेल निकट व्यवसायी शशी शर्मा पक्राउ

काठमाडौं, असार ३० । प्रभु बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा व्यवसायी शशी शर्मा पौडेल पक्राउ परेका छन्।   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार उनलाई पक्राउ गरेको हो। प्रहरीले रिसोर्ट निर्माणका लागि लिएको बैंक कर्जा अन्य प्रयोजनमा दुरुपयोग गरेको आरोपमा उनीमाथि अनुसन्धान अघि बढाएको जनाएको छ।   शशी शर्मा, सम्पत्ति शुद्धीकरण मुद्दामा […]