२०८३ भाद्र ९ मंगलवार
[the_ad id="6228"]

बुधबारदेखि फेरि पूरा सिलिन्डर ग्यास पाइने

काठमाडौं, असार ३० । नेपाल आयल निगमले आगामी बुधबारदेखि देशभर पुनः १४.२ केजी (पूरा) एलपी ग्यास सिलिन्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ।   निगमले यसअघि २९ फागुनदेखि ७.१ केजी (आधा सिलिन्डर) ग्यास मात्रै बिक्री गर्दै आएको थियो। अब भने पुरानै व्यवस्था अनुसार १४.२ केजी ग्यास प्रतिलिन्डर २ हजार ६० रुपैयाँमा उपलब्ध गराइने निगमले जनाएको […]

विश्वकप खेलेका फुटबल स्टार जेडेन एडम्सको रहस्यमय निधन, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । दक्षिण अफ्रिकाका विश्वकप फुटबल खेलाडी जेडेन एडम्सको रहस्यमय निधन भएको छ। केप टाउनस्थित एक घरमा २५ वर्षीय एडम्स मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनाबारे औपचारिक अनुसन्धान सुरु गरेको छ।   दक्षिण अफ्रिकालाई पहिलोपटक विश्वकपको नकआउट चरणमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका एडम्सको मृत्यु विश्वकप अभियानकै केही समयपछि भएको हो। हालसम्म उनको मृत्युको कारण सार्वजनिक […]

जरिवानाबाट ट्राफिकलाई २५% भत्ता भन्ने हल्ला गलत : नेपाल प्रहरी

काठमाडौं, २९ असार । ट्राफिक प्रहरीले सवारी चालकबाट असुल गरिएको जरिवानाको २५ प्रतिशत रकम विशेष भत्ताका रूपमा पाउने भन्ने चर्चा पूर्ण रूपमा भ्रामक र निराधार रहेको नेपाल प्रहरीले स्पष्ट पारेको छ। मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीले पछिल्लो समय केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलाइएको यस्तो दाबी तथ्यहीन रहेको जनाएको हो। प्रहरीका अनुसार ट्राफिक नियम […]

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री गुरुङ

जनकपुरधाम — जनकपुरधामबाट काठमाडौंतर्फ पैदल मार्चमा निस्किएका मिटरब्याज पीडितसँग प्रत्यक्ष संवाद गर्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ पुगेका छन्।   गृहमन्त्री आउने जानकारी पाएपछि पीडितहरू निजगढमै रोकिएका थिए। उद्योग वाणिज्य संघ निजगढको सभाहलमा गृहमन्त्री गुरुङले उनीहरूका माग, समस्या र गुनासाबारे छलफल गरेको मिटरब्याज पीडित संघर्ष समितिका नेता मनोज पासवानले जानकारी दिए।   मिटरब्याज पीडितहरूले ६ […]

काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, घण्टौँदेखि जाममा रोकिए सवारी र यात्रु

काठमाडौं, असार ३० — लगातारको वर्षा र विभिन्न स्थानमा पहिरो खस्दा जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख सडकमार्गमा सवारी आवागमन रोकिएको छ। यात्रुको सुरक्षालाई मध्यनजर गर्दै लामो दूरीका सार्वजनिक सवारीसाधन बसपार्क तथा अन्य स्थानमै होल्ड गरिएको छ।   उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार नागढुंगा–मुग्लिन–नारायणगढ, साँगा हुँदै बीपी राजमार्ग तथा फर्पिङ–फाखेल–सिस्नेरी हुँदै हेटौँडा जाने […]

तमोरमा एक्कासि बाढी धनकुटाको मूलघाटमा जल्दै गरेको चिता बगायो

धनकुटा । लगातारको वर्षापछि आएको बाढीले धनकुटाको मूलघाटस्थित तमोर नदीमा अन्त्येष्टि भइरहेका बेला जल्दै गरेको चिता बगाएको छ। बाढीका कारण अन्य दुई चितासमेत प्रभावित भएका छन्।   धनकुटा नगरपालिका–६ निवासी ४३ वर्षीय गौरी रोक्का**को दाहसंस्कार भइरहेको बेला अचानक नदीमा आएको बाढीले चिता बगाएको हो। मलामीले बचाउने प्रयास गरे पनि सफल हुन सकेनन्।   वैदेशिक रोजगारीका […]

बुटवलमा स्कुटर दुर्घटनामा २१ वर्षीय युवकको मृत्यु

बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिका–९, तिनकुनेमा गएराति भएको स्कुटर दुर्घटनामा एक युवकको ज्यान गएको छ।   मृत्यु हुनेमा बुटवल–९ निवासी २१ वर्षीय रिवा श्रेष्ठ रहेका छन्। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार होराइजोन चोकबाट तिनकुनेतर्फ जाँदै गरेको लु ७८ प ७४१७ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको बीचभागमा रहेको हाइमास्ट लाइटको पोलमा ठोक्किँदा दुर्घटना भएको हो।   […]

विद्युत कार्यालय धरानको भ्यान दुर्घटना २ जनाको मृत्यु, एक घाइते

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।   गएराति बा १ ञ १६५१ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटनामा पर्दा चालक धरान–१३ निवासी ३२ वर्षीय बिर्खबहादुर राई र धरान–१६ निवासी ४९ वर्षीय सुमन आचार्य गम्भीर घाइते भएका थिए। […]

पहिरोको उच्च जोखिमपछि हेटौँडामै रोकिए काठमाडौं जाने सवारीसाधन

मकवानपुर। लगातारको वर्षासँगै पहिरोको जोखिम बढेपछि हेटौँडाबाट काठमाडौंतर्फ जाने सबै सवारीसाधन सोमबार साँझदेखि हेटौँडामै रोकिएका छन्। यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सवारी सञ्चालन अस्थायी रूपमा स्थगित गरेको हो।   प्रशासनको निर्देशनअनुसार हेटौँडा–भैँसे–भीमफेदी–देउराली हुँदै काठमाडौं जाने सडकमार्गमा चल्ने सबै सवारीसाधनलाई हेटौँडा–१, चौकीटोलमा होल्ड गरिएको छ। सोमबार साँझ ५ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म […]

गृहमन्त्रीले भेट नदिएपछि सिंहदरबार गेटमै निहारिका र बिनुको धर्ना

काठमाडौं, २९ असार। न्यायको माग गर्दै गृहमन्त्री सुधन गुरुङलाई भेट्न पुगेका निहारिका राजपुत र बिनु यादवले भेट नपाएपछि सिंहदरबारको दक्षिण गेटबाहिर सडकमै धर्ना दिएका छन्। उनीहरूले आफूहरूको गुनासो सुन्न र न्याय दिलाउन माग गर्दै गृहमन्त्रीसँग भेट गर्न खोजे पनि भेट नपाएको आरोप लगाएका छन्। त्यसपछि उनीहरू सिंहदरबारको निषेधित क्षेत्रअगाडि धर्नामा बसेका थिए। निहारिका राजपुतले बलात्कारको […]